करिश्मा र बेनिशाले खोले सुन्दरताको राज - Crazysaptahik.com

करिश्मा र बेनिशाले खोले सुन्दरताको राज

सदाबहार अभिनेत्री तथा नेत्री करिश्मा मानन्धरले आफूले सुन्दरताको लागि गुणस्तयुक्त कस्मेटिकमा कहिल्यै पनि सम्झौता नगर्ने बताएकी छन् । बाल्यकालदेखि नै आफू कस्मेटिकप्रति निकै सजक रहेको बताएकी उनको गुणस्तयुक्त कस्मेटिकका कारण सुन्दरता अहिलेसम्म कायम रहन सफल भएको भनाइ रहेको थियो ।

काठमाडौंमा एक समारोहबीच जापानको अन्तर्राष्ट्रिय उत्पादन व्युटी कस्मेटिक ‘डि एच सी’को स्किन सम्बन्धि विभिन्न २१ वटा उत्पादन सार्वजनिक गर्दै अभिनेत्री करिश्माले आफ्नो सौन्दर्यको राज बाहिर राखेकी हुन् । हलिउडका कलाकारहरुले महत्वका साथ प्रयोग गर्दै आएको यो उत्पादन नेपालमा भित्रिएकोमा अभिनेत्री करिश्माले खुसी व्यक्त गरिन् ।

कार्यक्रममा अभिनेत्रीहरु करिश्मा मानन्धर, बेनिशा हमाल, गायिका तृष्णा गुरुङ, मोडल उषा उप्रेती, हिमान्चल ट्रेडिङका अध्यक्ष नारायण प्रसाद न्यौपाने, प्रवन्ध निर्देशक सुजन न्यौपाने, डि एच सीका नेपाल सेल्स म्यानेजर कमल भारतीले डि एच सीका २१ वटा उत्पादनको संयुक्त सार्वजनिक गरेका थिए ।

अभिनेत्री बेनिशा हमालले विश्वमा प्रति सेकेन्ड कम्तिमा एक उत्पादन बिक्री हुने डि एच सी आफुहरुको लागि झनै उपयोगी हुने गरेको उनले बताइन् । नायिका भएका कारण आफू छालाको सुन्दरता र स्वास्थ्यप्रति निकै सजक भएको र बिदेशबाट मगाउने गरेको यो उत्पादन अब नेपालमै किन्न पाउँदा खुसी लागेको सुनाइन् ।

मोडल उषा उप्रेतीले नारीहरूको सुन्दरतामा व्युटी उत्पादनको निकै महत्व हुने गरेको बताइन् । नेपालमा डि एच सीको उत्पादन हिमाञ्चल ट्रेडिङले नेपाल भित्र्याएका हुन् । हिमाञ्चलका प्रवन्ध निर्देशक सुजन न्यौपानले कार्यक्रममा हलिउड स्टारको रोजाइमा परेको कस्मेटिक विश्वका ३५ भन्दा बढी देशमा बिक्री वितरण हुँदै आएको जानकारी दिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.