
गायक नितेशजंग कुँवर र गायिका तथा भ्लगर समृद्धि राई अहिले प्रेममा छन् । यी दुई लभबर्डको पे्रम अब चाहिं गोप्य रहेन । नितेश र समृद्धि दुवैले इन्स्टाग्राममार्फत प्रेमको खुलासा गरेका छन् । नितेशले ‘विथ माइ क्वीन’ लेख्दै समृद्धिलाई अंकमाल गरेको तस्वीर सेयर गरेका छन् ।
समृद्धिले पनि नितेशको उक्त स्टोरीलाई सेयर गरेकी छन् । केही दिनअघि नितेशको बर्थडे पार्टीमा समृद्धि पुगेपछि यी दुईजना प्रेममा रहेको गाइँगुइँ चलेको थियो । आफ्ना हिट गीतमार्फत युवापुस्तामा चर्चित नितेश केही वर्षअघि नेपाली संगीतबाट सन्यास लिने बताएपछि चर्चामा थिए ।
कुनैबेला पत्रकार समेत रहेकी समृद्धिले सन् २०१० मा मिस नेपालमा भाग लिएकी थिइन्, तर उनी अन्तिम पाँचभित्र मात्रै समेटिइन् । उनले केही गीत रिलिज समेत गरेकी छन् ।

