धीरज र जसिताले गरे हर्क साम्पाङको खानेपानी आयोजनामा श्रमदान - Crazysaptahik.com

धीरज र जसिताले गरे हर्क साम्पाङको खानेपानी आयोजनामा श्रमदान

प्रदर्शन तयारीमा रहेको फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’का कलाकारले धरान पुगेर मेयर हर्क साम्पाङले सञ्चालन गरिरहेको खानेपानी आयोजनामा श्रमदान गरेका छन् ।

फिल्मका शीर्ष कलाकारहरु धीरज मगर, जसिता गुरुङ र प्रेम सुब्बाले पाइप बोक्दै साम्पाङको कामलाई सघाए । साम्पाङले काम भइरहेको ठाउँमा उनीहरुलाई स्वागत गर्दै कलाकारलाई राष्ट्रका गहना भन्दै प्रशंसा गरे ।

‘अब हामीले हलिउड र बलिउडको मात्र कुरा गरेर हुँदैन । नेपाली फिल्म पनि समृद्ध हुनुपर्छ । यसको लागि सबैले प्रमोट गर्नुपर्छ । राज्यले चिन्नुपर्छ,’ उनले भने । आफू कला–साहित्यप्रेमी रहेपनि कलामा तिख्खर बन्न नसकेको उनले बताए ।

‘म त बजारमा नबिकेको गायक हो । बाथरुम सिंगर भएकाले अहिले त्यसो हुन सकेन । कला–साहित्यको आफूलाई माया लाग्छ,’ साम्पाङले भने । उक्त अवसरमा बोल्दै अभिनेता मगरले फिल्मको कथा धरानकै भएको र आफूले यसमा ज्याकी लिम्बूको भूमिका चित्रण गरेको बताए ।

जसिताले पनि धराने दर्शकले फिल्ममा आफूलाई पाउने बताइन् । फिल्म युनिटले धरानमा पत्रकार सम्मेलन समेत आयोजना गरेको थियो । रेनशा बान्तवा राई निर्देशित यो डान्स ड्रामा आगामी वैशाख २१ गते प्रदर्शन हुँदैछ ।

सम्बन्धित खवर