‘सकम्बरी’ गीत दुई सातादेखि ट्रेन्डिङको शीर्षस्थानमा, दुई करोड नाघ्यो भ्युज - Crazysaptahik.com

‘सकम्बरी’ गीत दुई सातादेखि ट्रेन्डिङको शीर्षस्थानमा, दुई करोड नाघ्यो भ्युज

दुई साताअघि युट्युबमा रिलिज भएको प्रकाश सपुतको गीत ‘सकम्बरी’ले एकपछि अर्को कीर्तिमान रचिरहेको छ । एक साताभित्रै करोड पटक हेरिने गीत होस् या लामो समयसम्म युट्युबको नेपाल ट्रेन्डिङको शीर्षस्थानमा रहने गीत ।

यो गीतले लोभलाग्दो भ्युज प्राप्त गरिरहेको छ । गीतलाई युट्युबमा हेर्ने गति रोकिएको छैन । हुनसक्छ यही कारण दुई साता बित्दा पनि गीत ट्रेन्डिङको शीर्षस्थानमा छ ।

दुई सातामै यो गीतलाई दुई करोडभन्दा बढी पटक हेरिएको छ । दुई साताभित्रै दुई करोडभन्दा बढी पटक हेरिने गीतको समेत यसले रेकर्ड राखेको छ । सपुतकै शब्द, संगीत र स्वर रहेको यो गीतमा प्रकाशसँगै वर्ता गन्धर्वको पनि स्वर समावेश छ ।

सुदीप सागरले गीतको संयोजन गरेका हुन् । गीतमार्फत सपुतले गाउँबाट मोडल बन्ने सपना लिएर सहर आएकी युवतीले भोग्नुपर्ने कठिनाइलाई चित्रण गरेका छन् । यो गीत नारीद्वेषी रहेको भन्दै कतिपयले विरोध जनाइरहेका छन् भने गायक सपुतले चाहिं आफूले पितृसत्तात्मक सोचविरुद्ध गीत ल्याएको प्रष्टीकरण दिएका छन् ।

यो गीतपछि सपुत ‘बोल माया २’ र आफ्नै होम प्रोडक्सनको फिल्म निर्माणको तयारीमा छन् । उनी अभिनित फिल्म ‘परदेशी २’ आगामी दशैंमा प्रदर्शन हुने तयारीमा छ ।

सम्बन्धित खवर