किम कार्दसियन जस्तो देखिन प्लास्टिक सर्जरी गरेकी मोडलको मृत्यु - Crazysaptahik.com

किम कार्दसियन जस्तो देखिन प्लास्टिक सर्जरी गरेकी मोडलको मृत्यु

हलिउड सेलिब्रिटी किम कार्दसियन जस्तो देखिने क्रिस्टिना एस्टेन गौरकानीको प्लास्टिक सर्जरीपछि हृदयघातका कारण मृत्यु भएको छ । इन्टरनेटमा एस्टेन जी भनेर चिनिने ३४ वर्षीय मोडलको हालै शल्यक्रियाबाट निको हुने क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकाको क्यालिफोर्नियाकी मोडलका ६ लाख ३१ हजार इन्स्टाग्राम फलोअर्स थिए । उनी प्रायः फोटो र भिडियो पोस्ट गर्थिन् । ‘यो गहिरो शोकको समयमा हामीले हाम्री प्यारी छोरी र बहिनी क्रिस्टिना एस्टेन गौरकानीको दुर्भाग्यपूर्ण र अप्रत्याशित निधनप्रनि समवेदना बाँडेका छौं,’ उनको परिवारले वक्तव्य जारी गर्दै भनेको छ ।

‘उनको अचानक र दुःखद् निधनलाई हाल चिकित्सा प्रक्रियासँग सम्बन्धित हत्याको रूपमा अनुसन्धान भइरहेको छ जसले नराम्रो मोड लियो,’ परिवारले भनेको छ ।

लोकप्रिय के–पप स्टार जिमिनसँग मिल्दोजुल्दो देखिन १२ पटकभन्दा बढी प्लास्टिक सर्जरी गरेका क्यानडेली अभिनेता सेन्ट भोन कोलुचीको पनि हालै दक्षिण कोरियामा निधन भएको थियो ।

सम्बन्धित खवर