फिल्म उद्योगमा कैयौं यस्ता प्रेम प्रसंग छन्, जुन सधैं चर्चामा रहिरहन्छ । ती कतिपय प्रेम प्रसंग वियोगमा नै परिणत हुन्छन् । अभिनेता शाहिद कपुर र अभिनेत्री करिना कपुर कुनै समय बलिउडको हटकेक थिए ।
उनीहरुको प्रेमको चर्चा मिडियामा सधैं भइरहन्थ्यो । तर अहिले करीना र शाहिद दुवै आफ्नो वैवाहिक जीवनमा खुशी छन् । करिनाले शाहिद प्रति आफ्नो प्रेम कतिसम्म थियो ? भन्ने कुराको खुलासा उनले करण जोहारको च्याट शो ‘कफी विद करण’मा गरेकी थिइन् ।
उनले दुई महिनासम्म शाहिदलाई पछ्याएपछि मात्र उनको प्रेमभाव आफूले पाएको खुलासा गरेकी थिइन् । करिनाले करणसँग गरेको कुराकानीको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
शोको पहिलो सिजनमा करीना अर्की अभिनेत्री रानी मुखर्जीका साथ शोमा पुगेकी थिइन् ।
शोको दोस्रो सिजनमा करीना र शाहिद नै पुगेका थिए । शोमा करणले करीनालाई उनीहरुको प्रेमजीवन कसरी सुरु भयो भनी प्रश्न सोधेका थिए ।
‘मैले नै शाहिदलाई प्रेम प्रस्ताव राखेको थिएँ । मैले दुई महिनासम्म शाहिदलाई पछ्याएको थिएँ । मैले उसलाई म्यासेज र फोन गरेको थिएँ । डेटका लागि पनि मैले नै प्रस्ताव गरेको थिएँ ।
तर सुरुमा उसले मलाई कुनै भाउ दिएन । दुई महिनापछि मात्र हामी भेटियौं र कुराकानी सुरु भयो’, करीनाले भनेकी छन् ।