आर्यन र मुकुनको ‘दौतरी’ मा गरिमा - Crazysaptahik.com

आर्यन र मुकुनको ‘दौतरी’ मा गरिमा

मधुसूदन भट्टराईको निर्देशन रहने फिल्म ‘दौतरी’ मा मोडल गरिमा शर्मा भित्रिएकी छन् । फिल्मको मुख्य भूमिकाको लागि निर्माण टिमले उनलाई छनोट गरेको हो । फिल्म अभिनय बिषयमा शनिबार गरिमा र निर्माण युनिटबीच सम्झौता भएको छ ।

गरिमाले यसअगाडि फिल्म ‘लण्डन टु पेरिस’ अभिनय गरेकी छन् । जसको प्रदर्शन बाँकी रहेको छ । फिल्मको सुटिङ वैशाखको अन्तिम साताबाट सुरु हुँदैछ । फिल्ममा आर्यन सिग्देल, मुकुन भुसालको पनि मुख्य भूमिका रहने छ ।

फिल्मको लेखन लक्ष्मण सुवेदीले गरेका हुन् । जय माँ दुर्गा फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्म पारिवारिक र प्रेमकथामा बन्ने बताइएको छ । फिल्मको निर्माता छिरिङ तेन्दुप शेर्पा, विजय चन्द, भुवनकुमार काफ्ले रहेका छन् ।

सम्बन्धित खवर