रियाशाले दिइन् ‘ब्याचलोरेट पार्टी’ - Crazysaptahik.com

रियाशाले दिइन् ‘ब्याचलोरेट पार्टी’

कलाकार रियाशा दाहालले ‘ब्याचलोरेट पार्टी’ दिएकी छन् । उनले शनिबार केही नजिकका साथीलाई काठमाडौँको बुढानिलकन्ठस्थित पार्क भिलेज रेष्ट्रोमा ‘ब्याचलोरेट पार्टी’ दिएकी हुन् । ‘ब्याचलोरेट पार्टी’ मा उनका नजिकका साथीभाईको सहभागिता रहेको थियो ।

‘ब्याचलोरेट पार्टी’ को तस्बिर पार्टीमा सहभागीले सामाजिक सञ्जालबाट शेयर गरेका छन् । जसमा उनी निकै खुसी देखिएकी छन् । दाहालले रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल ‘रुटिने’ सँग विवाह गर्न लागेकी हुन् ।

भिक्टर र उनको विवाह वैशाख २० गते काठमाडौँमा एकपार्टी प्यालेसमा आयोजना हुँदैछ । उनीहरूले लामो समयदेखिको प्रेम विवाहमा परिणत गर्न लागेका हुन् । भक्तपुरको सूर्यविनायक निवासी रियाशा र गोलढुंगा निवासी भिक्टर करिब तीन वर्षदेखि प्रेममा छन् ।

रियाशा युट्यूवमा प्रशारण हुने भिडियो सिरिज ‘आजकालको लभ’ बाट चर्चामा आएकी हुन् । उनी पछिल्लो समय ‘गाह्रो छ हो’ अभिनयमा ब्यस्त छिन् । भिक्टर चाहीँ चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ का संस्थापक हुन् । पेज युवा पुस्तामाझ निकै लोकप्रिय छ ।

सम्बन्धित खवर