पूर्वी नेपालमा बन्दै ‘दुई कदम’ - Crazysaptahik.com

पूर्वी नेपालमा बन्दै ‘दुई कदम’


उदय सुब्बाको निर्देशन रहेको छायांकनरत फिल्म हो ‘दुई कदम’ । फिल्मको पूर्वका धनकुटा, तेह्रथुम, इलाम, झापा लगायतका स्थानमा छायांकन भइरहेको छ । फिल्मको अहिले ८० प्रतिशत छायांकन सकिएको र केही दिनमा पुरै छायांकन सकिने निर्देशक सुब्बाले जानकारी दिए ।

दयाराम घिमिरेको कथा रहेको प्रेमकथात्मक फिल्ममा तारादेवी लिम्बुको निर्माण छ । अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भइरहको फिल्ममा गौरव पहारी, बुद्धि तामाङ, इओन लिम्बु, सिमोन गिरी, सुनील थापा, अर्जुन गुरुङ ‘भंगेरी’, कविता आलेमगर, विमला लिम्बु, चन्दा दाहाल, जीवन लिम्बु लगायतका कलाकारको अभिनय छ ।

अभिनेता पहारीले धेरै समयपछि अलिक फरक किसिमको प्रेमकथाको फिल्ममा काम गर्न पाउँदा खुशी लागेको बताए । विक्रम डिसीको छायांकन रहेको फिल्ममा ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, राजु किराँतीको द्वन्द्व र रामजी लामिछानेको नृत्य छ । फिल्म भदौमा रिलिज हुनेछ ।

सम्बन्धित खवर