१५ वर्षमा पहिलो पटक हलिउडमा हडताल - Crazysaptahik.com

१५ वर्षमा पहिलो पटक हलिउडमा हडताल

हलिउडका टिभी र सिनेमाका लेखक मङ्गलवार हडतालमा उत्रिएका छन् । थुप्रै स्टुडियोमा तलबसँग सम्बन्धित मुद्दामा कुरा नमिलेपछि उनीहरुले यस्तो निर्णय लिएका हुन् ।छिल्लो १५ वर्षमा पहिलो पटक राइटर्स गिल्ड अफ अमेरिकाका ९ हजार लेखक अर्थात् यसका९८ प्रतिशत मतदाता हडतालमा छन् ।

गिल्डले ट्विटरमा स्थानीय समय अनुसार १२ बजेदेखि उनीहरू हडतालमा भएको जानकारी दिएको छ ।हड्तालका कारण थुप्रै लेट नाइट शोमा असर पर्नेछ, यसबाहेक केही फिल्म पनि ढिलो हुनसक्छ ।

मङ्गलवार दिउँसोदेखि धर्ना सुरु हुनेछ । सन् २००७ मा लेखक सय दिनको हडतालमा गएका थिए । जसका कारण दुई बिलियन डलरको क्षति भएको थियो ।

यस पटक लेखकको झगडा एलायन्स मोसन पिक्चर एन्ड टेलिभिजनसँग छ जुन डिजनी र नेटफ्लिक्स जस्ता ठुला स्टुडियोको प्रतिनिधित्व गर्छन् । लेखकले स्ट्रिमिङ प्लेटफर्मबाट बढी तलब र लाभ साझेदारीको माग गरिरहेका छन् ।

सम्बन्धित खवर