सलमानका लगातार १६ फिल्म सय करोड क्लबमा, शाहरुख र अक्षयका ६–६ फिल्म - Crazysaptahik.com

सलमानका लगातार १६ फिल्म सय करोड क्लबमा, शाहरुख र अक्षयका ६–६ फिल्म

पछिल्लो फिल्म ‘किसीका भाइ किसीकी जान’ले आइतबार भारतीय बक्स अफिसमा १०० करोड भारुको आँकडा पार गयो । खासै सुखद् ओपनिङ नगरेको यो फिल्म सय करोड क्लबमा पुग्ने सलमानको १६ औं फिल्म बनेको छ ।

घरेलु बक्स अफिसमा १०० करोड क्लब एक अभिनेता वा अभिनेत्रीको लागि सफलताको एउटा मापक पनि मानिन्छ । ‘किसीका भाइ किसीकी जान’सँगै सन् २०१० देखि लगातार सय करोड क्लबमा आफ्नो फिल्मलाई प्रवेश गराउन सफल एक मात्र बलिउड अभिनेता समेत बनेका छन् सलमान ।

सलमानको सय करोड क्लबको सुरुवात फिल्म ‘दबङ’बाट सुरु भएको थियो । त्यसपछि रेडी, बडीगार्ड, एक था टाइगर, जय हो, किक, बजरंगी भाइजान, प्रेम रतन धन पायो, सुल्तान, ट्युबलाइट, टाइगर जिन्दा है, रेस ३, भारत, दबंग ३ र अब यो सूचीमा किसीका भाइ किसीकी जान प्रवेश गरेको छ ।

सलमानका समकालीन अभिनेताहरु यो दौडमा उनीभन्दा निकै पछि छन् । दोस्रो स्थानमा शाहरुख खान र अक्षयकुमार छन् । उनीहरुका ६÷६ वटा फिल्म सय करोड क्लबमा पुगेका छन् ।

अक्षयका गोल्ड, २.०, केशरी, मिसन मंगल, हाउसफुल ४ र गुड न्युजमा सय करोड कमाएका फिल्म हुन् भने शाहरुखका लगातार ६ फिल्म यो सूचीमा छन् । शाहरुखका रा वन, डन २, जब तक है जान, चेन्नई एक्सप्रेस, ह्याप्पी न्यु इयर र दिलवालेले लगातार सय करोड आँकडा पार गरे ।

त्यसपछि भने उनको यो लय भत्किएको छ । उनले फेरि ‘पठान’बाट लगातार सय करोडको सुरुवात गर्नुपर्नेछ । यस्तै अजय देवगणले लगातार ५ फिल्म १०० करोड क्लबमा पु¥याएका छन् । उनका गोलमाल अगेन, रेड, टोटल धमाल, दे दे प्यार दे, र तानाजी लगायतार सय करोड बढी कमाइ गर्ने फिल्म हुन् ।

शाहरुखको जस्तै अक्षय र अजयको पनि लगातार सय करोडको लय भत्किएको छ । बलिउडका मिस्टर पर्फेक्सनिस्ट आमिर खान धूम ३, पीके, दंगल र ठग्स अफ हिन्दुस्तान फिल्मसहित चौथो स्थानमा छन् ।

त्यसपछि केही फिल्ममा उनको पनि लय भाँचियो । रणवीर सिंहले पनि लगायतार चार फिल्म सय करोड क्लबमा पारे तर पनि अहिले उनको पनि लय बिग्रिएको छ ।

लगातार सय करोडको सूचीमा ऋतिक रोशनका तीन, रणवीर कपुर, वरुण धवन र आयुष्मान खुरानाका २÷२ फिल्म छन् ।

सम्बन्धित खवर