मिडियासँग किन तर्किँदै छिन् कटरीना ? - Crazysaptahik.com

मिडियासँग किन तर्किँदै छिन् कटरीना ?

बलिउड अभिनेत्री कटरीना कैफ हालका दिनमा मिडियामा कमै देखिन थालेकी छन् । अभिनेता विक्की कौशलसँग विवाहपछि सार्वजनिक रूपमा उनको उपस्थिति कमै छ । हालै मात्र कटरीना इदको मौका पारेर आयुष शर्मा र अर्पिता खानको घरको पार्टीमा उपस्थित भएकी थिइन् ।

जहाँ मिडियाले कटरीना गर्भवती भएको चर्चा गरेका थिए । यद्यपि उनको सार्वजनिक उपस्थिति कम हुनुमा गर्भावस्था वा निजी जीवनका विषयले भने होइन । उनी व्यावसायिक कारणले नै मिडियामाझ कम देखिएकी हुन् ।

कटरीना सार्वजनिक रूपमा कम देखिनु गर्भावस्था नभई फिल्म ‘टाइगर ३’का कारणले हो । जसमा उनी पुनः एकपटक अभिनेता सलमान खानसँग स्क्रिन शेयर गरेकी छिन्। निर्माताहरू फिल्म ‘टाइगर ३’ लाई लिएर आम दर्शकमाझ कौतुहलता पैदा गर्न चाहिरहेका छन् ।

उनीहरू ‘पठान’को जस्तै ‘टाइगर ३’लाई लिएर दर्शकमाझ नयाँ क्रेज छर्न चाहन्छन् । यही कारण कटरीना आफैँले सार्वजनिक रूपमा आफ्नो उपस्थितिलाई कम बनाइरहेकी छन् ।

उनले ‘टाइगर ३’का लागि निकै मेहनत गरेकी छन् । कटरिनाको पछिल्लो फिल्म ‘फोनभूत’ बक्सअफिसमा असफल भएको थियो । त्यही कारण उनी दर्शकमाझ आफ्नो प्रभाव छाड्न कुनै कसर बाँकी नराख्ने सोचमा छिन् ।

सम्बन्धित खवर