नशामा कपडा नलगाई बाहिर आएका थिए शक्ति कपुर : गोबिन्दाले भने, ‘त्यसपछि मेरो खराब समय सुरु भयो’ - Crazysaptahik.com

नशामा कपडा नलगाई बाहिर आएका थिए शक्ति कपुर : गोबिन्दाले भने, ‘त्यसपछि मेरो खराब समय सुरु भयो’

गोबिन्दाले शक्ति कपूरसँग धेरै उत्कृष्ट फिल्ममा काम गरेका छन् । हालै गोबिन्दाले शक्ति कपुरबारे एक खुलासा गरेका छन् । उनका अनुसार शक्ति कपुर एक पटक नशामा कपडा नलगाईकनै कोठाबाट बाहिर निस्किएका थिए ।

यस्तै अर्को किस्सा साझा गर्दै एक पटक बलात्कारको दृश्य छायाङ्कन गरिरहेका बेला बीचमा नै फोनमा कुराकानी गर्न थालेको पनि गोबिन्दाले बताए । उनले सो कुरा कपिल शर्मा शोमा गरेका हुन् । त्यहाँ उनले शक्ति कपुरसँग सम्बन्धित दुई किस्सा साझा गरेका छन् ।

गोबिन्दाका अनुसार शक्ति कपुर एक पटक सुटिङका बेला बलात्कारको दृश्य सुटिङ गरिरहेका थिए, त्यति बेला स्पट बोयले उनलाई उनको बजिरहेको फोन दिए । उनी छायाङ्कनको बीचमा नै फोनमा कुराकानी गर्न थाले र आफू सुटिङमा छु भनेर बिर्सिए ।

शक्ति कपुरलाई कपडा बिना देखेपछि नै मेरो खराब दिन सुरु भयो : गोबिन्दा

गोबिन्दाले शक्ति कपुरसँग सम्बन्धित अर्को एउटा किस्सा पनि साझा गरे । उनले भने, ‘एक पटक शक्ति कपुरले असाध्यै रक्सी पिउनुभएको थियो । कतै जानका लागि म उनलाई उनको कोठा बाहिर कुरिरहेको थिए ।

शक्ति कपुर राम्रो लुगा लगाएर स्टाइल मार्दै बाहिर निस्केलान् भन्ने सोचिरहेको थिएँ तर ठिक विपरीत भइदियो । नशाले लट्ठ भएका उनले कोठाबाट बाहिर निस्किँदा केही पनि लगाएका थिएनन् । ’

गोबिन्दाले थपे, ‘शक्ति कपुरलाई यो हालतमा देखेदेखि मेरो खराब दिन सुरु भएको थियो ।’

गोबिन्दा र शक्ति कपुरको दोस्तीका थुप्रै चर्चित किस्सा छन् । एक पटक शक्ति कपुरले गोबिन्दाले आफूलाई गरेको मद्दतबारे टेलिभिजनमा भनेका थिए । उनले भनेका थिए, ‘म फिल्ममा सहायक भूमिका गरिरहेको थिएँ र मेरो क्षमतालाई कसैले बुझ्दैनथ्यो ।

त्यति बेला गोबिन्दाले मेरो मद्दत गरेका थिए । गोबिन्दाले नै मलाई करियरमा अघि बढ्नका लागि समर्थन गरेका थिए ।’

पूरा उद्योग गोबिन्दाको विरुद्धमा हुँदा शक्ति कपुरले समर्थन गरे

केही समय अघि गोबिन्दाले फिल्म इन्डष्ट्रिबारे टिप्पणी गरेका थिए । उनले भनेका थिए, ‘बलिउड फिल्ममा मलाई कसैले लिइरहेको छैन । मानिसहरूले जानीजानी मलाई पछि धकेल्ने कोसिस गरिरहेका छन् ।’

उनको यो बयानपछि फिल्म इन्डष्ट्रिका थुप्रै मानिसले उनको आलोचना गरेका थिए । लगभग पुरै उद्योग उनको विरुद्धमा लागे । यो समयमा उनका साथी शक्ति कपुर उनको समर्थनमा उत्रिएका थिए । उनले गोबिन्दालाई ‘वन अफ द फाइनेस्ट एक्टर’ भनेका थिए ।

शक्ति कपुरसँग गोबिन्दाले ४२ वटा फिल्ममा गरे काम

गोबिन्दा र शक्ति कपुरले कुल ४२ वटा फिल्ममा एक साथ काम गरेका थिए । सन् १९८७ मा रिलिज भएको फिल्म मरते दम तकमा यी दुईले पहिलो पटक काम गरेका थिए । यो फिल्ममा काम गरेपछि उनीहरू निकै मिल्ने साथी भए । यी दुईले एक अर्कालाई सुख–दुःखमा साथ दिन्छन् ।

सम्बन्धित खवर