‘ज्याकी : आई एम ट्वान्टी वान’ आजदेखि देशव्यापी प्रदर्शनमा - Crazysaptahik.com

‘ज्याकी : आई एम ट्वान्टी वान’ आजदेखि देशव्यापी प्रदर्शनमा

रेनशा राई राणा निर्देशित डान्स ड्रामा फिल्म ‘ज्याकी :आई एम ट्वान्टी वान’ विहीबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । धीरज मगर, जसिता गुरुङ, प्रेम सुब्बाको शीर्ष भूमिका रहेको फिल्मलाई आइकोर फिल्म्सले निर्माण गरेको हो ।

२ घण्टा २० मिनेट लामो यो फिल्मलाई डान्स ड्रामा जनरामा राखिएको छ । बेलायती सेनामा भर्ती हुन दुईपटकको प्रयास असफल भएपछि ज्याकी लिम्बू (धीरज मगर)ले डान्सर बन्ने आफ्नो सपना पूरा गर्न काठमाडौं आउनुपर्छ ।

यसका लागि नेपहपजस्ता चर्चित डान्सर समूहलाई जित्नुपर्ने चुनौती ऊ सामु छ । के रुबी (जसिता) र ज्याकीको डान्स ग्रुप (योद्धा)ले सफलता हासिल गर्ला ? यो थाहा पाउन फिल्म नै हेर्नुपर्छ ।फिल्मले मल्टिप्लेक्समा आकर्षक शो पाएको छ ।

हिपहप जनराको नृत्य र गायनमा रुचि राख्ने दर्शकलाई यो फिल्म प्रीतिकर लाग्न सक्छ । ‘इन्टुमिन्टु लण्डनमा’पछि रेनशाले निर्देशन गरेको यो फिल्मले मल्टिप्लेक्समा राम्रै कमाइ गर्न सक्ने प्रक्षेपण गरिएको छ ।

फिल्म बिहीबार रिलिज भएकाले धेरै दर्शकलाई यसबारे थाहा नहुन सक्छ । अर्कोतर्फ लगातारको झरीको कारण कतिपय हलको शो प्रभावित बनिरहेको अवस्था छ । यी चुनौतीको बाबजुद ‘ज्याकी : आई एम ट्वान्टी वान’सामु बक्स अफिसमा राम्रो गर्नुपर्ने चुनौती छ ।

अहिले पनि हलमा जारी, प्रसाद २, नाइँ नभन्नु ल ६ प्रदर्शन भइरहेका छन् । शुक्रबारदेखि भारतीय फिल्म ‘द केरला स्टोरी’ र हलिउड फिल्म गार्जिन अफ द ग्यालेक्सी भोल्युम ३ प्रदर्शनको तयारीमा छ ।

सम्बन्धित खवर