‘रिमझिम’मा करुणा र कुन्साङको रोमान्स - Crazysaptahik.com

‘रिमझिम’मा करुणा र कुन्साङको रोमान्स

गायिका राधिका बिस्टको स्वर रहेको गीत ‘रिमझिम’ सार्वजनिक भएको छ । एक प्रेमिल जोडीको वियोगान्त प्रेमकथा गीतले भन्छ । गीतमा स्वयम् गायिका बिस्टको शब्द, सङ्गीत छ भने एरेन्ज अनुज शेखरले गरेका हुन् ।

गीतको भिडियोमा २०७१ सालमा सुनकोसीमा आएको बाढी पहिरोको घटनामा देखाउन खोजिएको छ । भिडियोमा करुणा श्रेष्ठ र कुन्साङ बोम्जनको अभिनय छ । बुद्ध थापा र उत्तम हुमागाईको छायाङ्कन, प्रविन श्रेष्ठको सम्पादन रहेको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।

सम्बन्धित खवर