प्रियंका चोपडाले भनिन्, ‘नाकको शल्यक्रिया बिग्रिएपछि तीन वटा फिल्मबाट निकालिएँ, डिप्रेसनमा गएँ’ - Crazysaptahik.com

प्रियंका चोपडाले भनिन्, ‘नाकको शल्यक्रिया बिग्रिएपछि तीन वटा फिल्मबाट निकालिएँ, डिप्रेसनमा गएँ’

बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो नयाँ वेब सिरिज ‘सिटाडेल’ का लागि लामो समयदेखि चर्चामा छाइरहेकी छिन् । प्रियंका चोपडा सिटाडेलको प्रोमोसनका लागि विभिन्न देशको यात्रा गरिरहेकी छिन् र अन्तरवार्ता पनि दिइरहेकी छिन् र आफ्नो निजी जीवनबारे खुलासा पनि गरिरहेकी छिन् ।

पछिल्लो अन्तरवार्तामा पनि उनले त्यस्तै गरेकी छिन् ।एक अन्तरवार्तामा प्रियंकाले आफ्नो नाकको शल्यक्रियाबारे कुराकानी गरेकी छिन् । प्रियंकाका अनुसार एक शल्यक्रियाका कारण उनले तीन ठुला फिल्मको अवसर गुमाउनु परेको र यसकै कारण आफू डिप्रेसनको सिकारसमेत भएको बताइन् ।

नाकको शल्यक्रियाका कारण डुब्नै लागेको थियो करियर

सिटाडेल नायिका प्रियंका चोपडाले द हावर्ड स्टर्न शोमा भनिन्, ‘मलाई नाकका कारण केही समस्या हुन थालेको थियो । डाक्टरलाई देखाएपछि नाकभित्र तन्तु बढेको र शल्यक्रिया गर्नुपर्ने थाहा भयो ।

शल्यक्रिया त भयो तर त्यो क्रममा गल्ती भयो । मेरो नाकको आकार फेरियो । यसले मेरो अनुहारको स्वरूप नै बिगारिदियो । त्यसपछि मलाई तीन वटा फिल्मबाट निकालियो ।’ प्रियंका चोपडाले थपिन्, ‘फिल्मबाट निकालिएपछि मेरो करियर सुरु हुनुभन्दा नै अघि सकियो भन्ने लागेको थियो । म डिप्रेसनमा गएँ । ’

यति बेला आफूलाई बुवाले निकै सहयोग गरेको पनि उनले स्मरण गरिन् । उनका पिता अशोक चोपडा भारतीय सेनामा डाक्टर थिए । उनको केही वर्ष अघि निधन भइसकेको छ । प्रियंका चोपडाले भनिन्, ‘मेरो जीवनमा यस्ता चिज भए ।

अनुहार नै फेरियो र म गहिरो डिप्रेसनमा गएँ । तीन फिल्मबाट निकालिएँ । म आत्तिएकी थिएँ तर मेरो बुवाले भन्नुहुन्थ्यो, ‘ म तिमीसँगै उ त्यो कोठामा बस्नेछु ।’’ प्रियंकाले आफ्नो सफलताका लागि बलिउड निर्देशक अनिल शर्मालाई श्रेय दिएकी छिन् ।

प्रियंकाले भनिन्, ‘म एउटा फिल्ममा मुख्य भूमिका निभाइरहेको थिएँ तर मलाई सहायकमा सारियो । फिल्म निर्माता अनिल शर्मा निकै राम्रो मानिस हुन् । पुरा दुनियाँ मेरो विरुद्धमा हुँदा उनले मलाई साथ दिए ।

उनले मलाई भनेका थिए, ‘यो एउटा सानो भूमिका हो तर तिमीले यसमा आफ्नो सब थोक सुम्पिनु ।’ मेलै उनले भनेझैँ गरेँ ।’ स्मरण रहोस्, प्रियंका चोपडाको पहिलो हिन्दी फिल्म द हिरो : लभ स्टोरी अफ अ स्पाई (२००३) अनिल शर्माले निर्देशन गरेका थिए ।

सम्बन्धित खवर