‘एमएस धोनी’ भारतमा पुनः प्रदर्शन हुने - Crazysaptahik.com

‘एमएस धोनी’ भारतमा पुनः प्रदर्शन हुने

भारतीय क्रिकेटर एमएस धोनीबारेको बायोपिक फिल्म ‘एमएस धोनी : द अनटोल्ड स्टोरी’ पहिलोपटक सन् २०१६ मा रिलिज भएको थियो । नीरज पाण्डे निर्देशित यो बायोपिक फिल्म आगामी मे १२ मा पुनः भारतका हलमा प्रदर्शन हुने भएको छ ।

फिल्ममा दिवगंत अभिनेता सुशान्त सिंह राजपुतले धोनीको भूमिका निर्वाह गरेका थिए, जुन त्यस वर्षको सबैभन्दा हिट फिल्म बन्यो । ‘यो फिल्म स्टोरी स्टार स्टुडियोका लागि मात्र होइन, विश्वभरका भारतीयका लागि पनि सबैभन्दा सफल क्रिकेट कप्तानको प्रेरणादायी यात्रालाई देखाउने विशेष फिल्म भएको छ ।

पुनः रिलिजको उद्देश्य देशभरका उनका फ्यानलाई ठूलो पर्दामा क्रिकेटका सबैभन्दा जादूयी क्षणहरू पुनः जीवित गर्ने अर्को मौका दिनु हो,’ डिज्नी स्टारका प्रमुख विक्रम दुग्गलले भने ।यो बायोपिक फिल्म सुशान्तको करिअरकै सफल मानिन्छ ।

फिल्मबाट उनले विभिन्न अवार्डमा सर्वश्रेष्ठ अभिनेताको पुरस्कार जिते । सुशान्तको १४ जुन २०२० मा निधन भएको थियो । उनी मुम्बईस्थित अपार्टमेन्टमा मृत फेला परेका थिए । ‘एमएस धोनी’मा सुशान्तसहित कियारा आडवाणी, दिशा पटानी, अनुपम खेर र भूमिका चावलाको पनि मुख्य भूमिका छ ।

सम्बन्धित खवर