खटपटको चर्चाबीच साथीको बिहेमा उन्मुक्त देखिए वर्षा र सञ्जोग - Crazysaptahik.com

खटपटको चर्चाबीच साथीको बिहेमा उन्मुक्त देखिए वर्षा र सञ्जोग

कलाकार जोडी वर्षा राउत र सञ्जोग कोइरालाको दाम्पत्य जीवन सधैं चर्चामा आउने गर्छ । कहिले इन्स्टाग्रामबाट तस्वीर हटाएको कुराले होस् वा कहिले स्टोरीमा सम्बन्धबारेका स्टाटस हालेर । वर्षाले मिडियाको ध्यान खिच्दै आएकी छन् ।

सम्बन्धमा खटपट आएको संकेत दिने सामाजिक सञ्जालमा उनको पोस्टले पक्कै पनि दर्शक र फ्यानलाई दुःखित तुल्याएको हुनुपर्छ । गत वर्ष सोसल मिडिया एकाउन्टबाट तस्वीर हटाएपछि सोधिएको जिज्ञासामा उनले सबै कुरा मिलिसकेको प्रष्टीकरण दिएकी थिइन् । त्यसपछि यी दुई सलोन बस्नेतको विवाहको रिसेप्सनमा एकसाथ देखिए ।

गत साता मात्र ‘केटी मान्छेले मात्र सम्झौता गर्नुपर्छ हो ?’ भन्दै इन्स्टाग्राम स्टोरी पोस्ट गरेकी थिइन् । यो पोस्ट देखेपछि धेरैले पुनः सम्बन्धमा दरार आएको अनुमान गर्न थाले । यो अनुमानको बीचमा वर्षा र सञ्जोग बुधबार एक साथीको विवाहमा एकसाथ देखिए ।

सञ्जोगले विवाह समारोहबाट वर्षासँगको तस्वीर सेयर गर्दै लेखेका छन्, ‘तिमी र म, अर्काको बिहेमा, खाना खोज्दै रमाउँदै ।’ कामको कुरा गर्दा वर्षाको फिल्म ‘ऐंचो पैंचो’ भदौ २९ गते रिलिज हुने तयारीमा छ । सञ्जोग भने फिल्मभन्दा अन्य व्यवसायमा व्यस्त छन् ।

सम्बन्धित खवर