‘हाउगुजी’ को फष्टलुकमा के छ ? - Crazysaptahik.com

‘हाउगुजी’ को फष्टलुकमा के छ ?

बलात्कार पीडित युवतीको कथामा निर्माण भएको फिल्म ‘हाउगुजी’ को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा बलात्कार पीडित एक युवतीको मनोदशा पोस्टरमा देखाउन खोजिएको छ ।

दीपक परियारको निर्देशन रहेको फिल्म लुम्बिनी मुभी मेकर्सको ब्यानरमा तयार भएको हो । फिल्ममा बोम बहादुर थापा, माया थामी, सुरेन्द्र बराल, विनय उदय, विष्णु पाण्डे, गोपाल परियार, लक्ष्मण बस्नेत, निशा सावत पाण्डे, मानप्रसाद सुवेदी, रोशनी सापकोटा र स्व. कुलचन्द्र पुरीलगायतको अभिनय छ ।

सुदन गौतम र तुलबहादुर थापा निर्माता रहेको फिल्मको एक गीत बाहेक सम्पूर्ण छायांकन बुटवलका विभिन्न क्षेत्रमा भएको हो । फिल्मको प्रदर्शन मिति जुर्न बाँकी छ ।फिल्मले बलात्कारविरुद्ध जनचेतना फैलाउन ठूलो भूमिका खेल्ने निर्देशक परियारले बताए ।

सम्बन्धित खवर