प्रभासको ‘आदिपुरुष’ १६ जुनमा रिलिज हुने - Crazysaptahik.com

प्रभासको ‘आदिपुरुष’ १६ जुनमा रिलिज हुने

अभिनेता प्रभास अभिनीत बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ १६ जुनमा रिलिज हुने भएको छ । राममायणमा आधारित फिल्मको १६ जुनमा रिलिज हुने बताइएको छ । फिल्मका निर्देशक ओम राउत हुन् ।

फिल्ममा प्रभासको अलावा कृति सेननको पनि मुख्य भूमिकामा छिन् । फिल्म हिन्दीको अलावा तेलुगु, तमिल, कन्नड र मलायालम भाषामा समेत रिलिज हुनेछ ।

फिल्ममा प्रभास भगवान रामको भूमिकामा छन्, भने कृति सीता, सन्नी लक्ष्मण र सैफ अली खान रावणको भूमिकामा छन् ।

फिल्मको पोष्टर, टिजर रिलिज भएदेखिनै यसलाई लिएर विवाद भइरहेको छ । कहिले रावण, कहिले हनुमान र कहिले रामको रुपलाई लिएर फिल्म विवादमा पर्दै आएको छ ।

सम्बन्धित खवर