‘हल्का रमाइलो’ मा फेरि फर्किए ‘इकु’ - Crazysaptahik.com

‘हल्का रमाइलो’ मा फेरि फर्किए ‘इकु’

सानोपर्दामा दर्शकले मन पराएको पात्र हो ‘इकु’ । हास्यश्रृंखला ‘हल्का रमाइलो’मार्फत ‘इकु’ पात्रका रुपमा सुलेमान शंकरको फेरि प्रवेश भएको हो । ‘इकु’ पात्र मार्फत सानोपर्दाका दर्शकलाई फेरि एकपटक मनोरञ्जन दिलाउन ‘हल्का रमाइलो’मा इकुको भूमिका निर्वाह थालेको कलाकार सुलेमान शंकरले बताए ।

‘हल्का रमाइलो’ का निर्देशकद्वय मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ र राजु पौडेल ‘राजु मास्टर’ले दर्शकका लागि एक पटक फेरि ‘इकु’ सानोपर्दामा फर्काउन अनुरोध गर्नुभयो’, सुलेमानले भने, ‘मैले पनि राम्रो हुने देखेर अभिनय थाले ।’

‘हल्का रमाइलो’मा इकु पहिले झै केही भाग जंगलमा देखिने र केही भागपछि गाउँ बस्तीमा देखिने सुलेमानले सुनाए । उनले भने ‘धेरै पछि दर्शकले इकु सानोपर्दामा भेटेकोले होला एकदमै रुचाउनु भएको छ । प्रतिक्रिया पनि राम्रो पाएको छु ।’

तीन वर्ष अगाडि पनि सुलेमानले यो सिरियलको केही भागमा ‘इकु’को भूमिका निर्वाह गरेका थिए । करिब एक दशक अगाडि ‘मेरी बास्सै’ पहिलो पटक ‘इकु’को भूमिका निर्वाह गरेर चर्चा कर्माएका सुलेमानले ‘इकु’ पात्रलाई लिएर तीन फिल्म समेत निर्माण गरिसकेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.