नम्रता श्रेष्ठलाई लिएर थ्रिलर फिल्म ‘ह्यासट्याग माया’ निर्माण हुने - Crazysaptahik.com

नम्रता श्रेष्ठलाई लिएर थ्रिलर फिल्म ‘ह्यासट्याग माया’ निर्माण हुने

ललितपुरको बुङ्मतीस्थित कार्यविनायक मन्दिरमा फिल्म ‘ह्यासट्याग माया’को मुहूर्त गरिएको छ । राजीव गुरुङको निर्देशनमा बन्ने फिल्ममा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोयदीप श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सीके लगायतको अभिनय रहनेछ ।

शुक्रबार बिहान सम्पूर्ण कलाकारको उपस्थितिमा मुहूर्त गरिएको हो निर्माण समूहले छायांकन आउँदो सातादेखि सुरु हुने जनाएको छ । निर्देशक गुरुङले फिल्मको छायांकन काठमाडौंबाट सुरू भई पोखरा, बर्दिया हुँदै धरानमा पुगेर टुंगिने जनाए ।

‘४५ दिनको सेड्युल तय गरेर छायांकन सुरु गर्दैछौं । थ्रिलर विधामा निर्माण हुने फिल्ममा प्रेमकथा पनि देख्न पाइनेछ,’ निर्देशक गुरुङले भने । शर्मिला थापाको निर्माण रहने फिल्मको कथावस्तु प्रेममा केन्द्रित छ ।

अभिनेत्री श्रेष्ठ शीर्ष भूमिकामा छिन् । फिल्ममा उनी योग प्रशिक्षकको भूमिका निर्वाह गर्दैछिन् । उनले यसका लागि कार्यशाला पनि लिएकी थिइन् । ‘निर्माण समूहको मेहनत र लगाव देखेर नै मैले चरित्र निर्माणमा समय खर्चिएकी हुँ ।

फिल्मलाई लिएर उत्साहित छु । केही नयाँ गर्ने प्रयास गर्दैछौं,’ नम्रताले भनिन् ।फिल्ममा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्वल जोशीको छायांकन, रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको श्रृंगार रहनेछ ।

यसमा कार्यकारी निर्मातामा अनुप पौडेल, कास्टिङ निर्देशकमा अर्जुन न्यौपाने, प्रोडक्सन म्यानेजरमा अरुण रेग्मी र दिलीप पन्त हुनेछन् ।

सम्बन्धित खवर