शाहरुख खानको ‘जवान’ भदौ २१ गते रिलिज हुने - Crazysaptahik.com

शाहरुख खानको ‘जवान’ भदौ २१ गते रिलिज हुने

शाहरुख खान स्टारर बलिउड फिल्म ‘जवान’को नयाँ प्रदर्शन मिति तय भएको छ । उनले शनिबार फिल्मको पोस्टर सार्वजनिक गर्दै रिलिज डेटको घोषणा गरेका हुन् । यो फिल्म अब भदौ २१ गते विहिबार प्रदर्शन हुनेछ ।

एट्ली निर्देशित यो फिल्म घोषणा गरेदेखि नै चर्चामा छ । शाहरुखबाहेक नयनतारा र विजय सेतुपति समेत जोडिएपछि यो फिल्मलाई लिएर दर्शकमा चासो उत्तिकै बढेको छ ।

शाहरुख स्टारर ‘पठान’ विश्वव्यापी हिट भएपछि उनको आगामी फिल्म जवानलाई लिएर व्यापक पर्खाइ छ । पठानले नेपालमा १३ करोड रुपैयाँ ग्रस कमाइ गरेको विवरण चलचित्र विकास बोर्डले सार्वजनिक गरेको छ ।

सम्बन्धित खवर