दीया पुन स्टारर फिल्म ‘अन्तिम संस्कार’ को टिजर सार्वजनिक - Crazysaptahik.com

दीया पुन स्टारर फिल्म ‘अन्तिम संस्कार’ को टिजर सार्वजनिक

आगामी असार ८ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘अन्तिम संस्कार’को टिजर सार्वजनिक भएको छ । यसमा रहस्य, कौतुहलता र भावनालाई समेट्ने प्रयत्न गरिएको छ ।प्रदीप शाही निर्देशित यो फिल्म सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो ।

फिल्मको कथावस्तु एक रहस्यमय हत्याको वरपर फन्को मार्छ । फिल्मले हराएको व्यक्तिको खोजी गर्छ । फिल्ममा विजय लामा, दीया पुन, एवनराज उप्रेती, त्रिचन्द्र राई, रेश्मा घिमिरे, विशाल पहारी, कृष्णभक्त महर्जनल, श्याम राई, पासाङ शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, आईशा तामाङ, धर्मानन्द आचार्य,सुरज खालिङ,विकास अधिकारी लगायतको अभिनय छ ।

साई प्रोडक्सन नेपालको ब्यानरमा निर्माण भएको फिल्मलाई विनोद सुवेदीले निर्माण गरेका हुन् । फिल्मको देशब्यापी वितरणको जिम्मा एप्पल इन्टरटेनमेन्टले लिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.