भ्वाइस किड्समा टीम सुशान्त र मिलनका चार प्रतिस्पर्धी फिनालेमा प्रवेश - Crazysaptahik.com

भ्वाइस किड्समा टीम सुशान्त र मिलनका चार प्रतिस्पर्धी फिनालेमा प्रवेश

भ्वाइस किड्सको शुक्रबारको एपिसोडबाट चारजना प्रतिस्पर्धी फिनालेमा प्रवेश गरेका छन् । दर्शकीय मतको आधारमा निकै रुचाइएका अन्य प्रतिस्पर्धी चाहिँ प्रतिस्पर्धाबाट बाहिरिए ।टीम मिलन नेवारबाट सृष्टि लामा र निशित विके अन्तिम आठमा प्रवेश गरे ।

टीम सुशान्त केसीबाट निहारिका खड्का र परिश्ना बाँस्तोला फिनालेमा प्रवेश गरे । शनिबारको एपिसोडबाट टीम प्रमोद खरेल र टीम प्रविशा अधिकारीको समूहबाट चार जना फिनालेमा प्रवेश गर्नेछन् ।

जेठ ५ गते हुने फिनालेमा भ्वाइस किड्सले विजेता प्राप्त गर्नेछ । भ्वाइस किड्स प्रत्येक शुक्रबार र शनिबार राती ८ बजे हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको छ ।

सम्बन्धित खवर