‘ज्याकी :आई एम ट्वान्टी वान’ र ‘प्रसाद २’ ले कति कमाए ? - Crazysaptahik.com

‘ज्याकी :आई एम ट्वान्टी वान’ र ‘प्रसाद २’ ले कति कमाए ?

धीरज मगर स्टारर डान्स ड्रामा ‘ज्याकी : आई एम ट्वान्टी वान’ले समग्रमा दर्शकमा सकारात्मक प्रतिक्रिया प्राप्त गयो । सामाजिक कथावस्तुको फिल्मको मात्र बाढी आउँदा वाक्क भएका दर्शकसामु भिन्न जनराको फिल्मले आशा र नयाँपनको स्वाद पनि पस्किएको थियो ।

फिल्मसामु तीन दिन लामो सप्ताहन्तको कमाइ गर्ने राम्रो अवसर पनि थियो । तर फिल्मले पहिलो सप्ताहन्त (बिहीबार, शुक्रबार र शनिबार) घरेलु बक्स अफिसमा निकै कमजोर ओपनिङ गरेको छ । जुन ओपनिङ अपेक्षाभन्दा निकै न्यून हो ।

रेनशा राईको अघिल्लो निर्देशकीय फिल्म ‘इन्टुमिन्टु लण्डनमा’ले बक्स अफिसमा उत्साहजनक कमाइ गरेको थियो । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार फिल्मले तीन दिनमा ३५ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।

आइकोर फिल्म्सको प्रतीक्षित मानिएको यो फिल्मले दर्शकलाई खासै अपील गर्न सकेन । आइतबारदेखि क्यूएफएक्ससहितका केही मल्टिप्लेक्सले फिल्मको शोमा कटौती गरेका छन् ।

यसैबीच, ‘प्रसाद २’ ले दोस्रो सप्ताहन्तमा पनि एक करोड रुपैयाँ पनि कमाइ गर्न सकेन । बोर्डको तथ्यांकअनुसार फिल्मले दोस्रो शनिबारसम्म ७८ लाख रुपैयाँ ग्रस कमाएको छ । कम्तीमा पछिल्लो सप्ताहन्तमा यसले एक करोडभन्दा बढी कमाइ पुयाउने अनुमान थियो ।

यो शुक्रबार रिलिज भएको हलिउड फिल्म ‘गार्जियन्स अफ द ग्यालेक्सी : भोल्युम ३’ ले सन्तोषजनक कमाइ गरेको छ । अहिले हलमा भारतको ‘द केरला स्टोरी’सहित नेपालको जारी, एभिल डेड राइज र किसीका भाइ किसीकी जान प्रदर्शन भइरहेका छन् ।

सम्बन्धित खवर