फिल्म ‘द केरला स्टोरी’ को कमाइमा दोस्रो दिन व्यापक वृद्धि - Crazysaptahik.com

फिल्म ‘द केरला स्टोरी’ को कमाइमा दोस्रो दिन व्यापक वृद्धि

भारतको केरलाबाट गायब भएको र इस्लाम धर्म अपनाउने युवतीको कहानीमा बनेको फिल्म ‘द केरला स्टोरी’ को कमाइमा दोस्रो दिन व्यापक वृद्धि भएको छ । सेकनिल्कको सुरुवाती ट्रेन्डका अनुसार फिल्मले दोस्रो दिन अर्थात् शनिवार १२.५० करोड भारुको सङ्कलन गरेको छ ।

फिल्म समीक्षक तरुण आदर्शका अनुसार पहिलो दिन फिल्मको कमाई ८.०३ करोड भारु थियो । फिल्मको कुल कमाई करिब २० करोड भारु पार भएको छ । फिल्मको धेरै नै विवाद भइरहेको छ ।

एक समूहले फिल्मलाई प्रोपागान्डा भनेर खारेज गरिरहेका छन् भने दोस्रो समूहले यसलाई केरलाको वास्तविकता बताइरहेका छन् । यसबारे अहिलेसम्म खुलेर कुराकानी भएको छैन ।

केरलाका मुख्यमन्त्री पिनाराई विजयनले फिल्म निर्माताले ‘लभ जिहाद’ को मुद्दालाई उठाएर सङ्घ परिवारको प्रोपागान्डालाई अघि बढाइरहेको आरोप लगाएका थिए ।

सम्बन्धित खवर