चाल्र्स तृतीयको राज्याभिषेकमा पुगे सेलिब्रिटी, केटी पेरीले तानिन् मिडियाको ध्यान - Crazysaptahik.com

चाल्र्स तृतीयको राज्याभिषेकमा पुगे सेलिब्रिटी, केटी पेरीले तानिन् मिडियाको ध्यान

बेलायतका नयाँ राजा चाल्र्स तृतीयको राज्याभिषेकमा बेलायती शाही परिवारका सदस्य, प्रधानमन्त्री, राष्ट्रपति, विदेशी शाही परिवारका सदस्य, मिडिया प्रकाशक र धेरै सेलिब्रेटी उपस्थित रहे ।

राजा चाल्र्स र उनकी पत्नी तथा रानी क्यामिलाको ऐतिहासिक मुकुटको क्षणको लागि वेस्टमिन्स्टर एबेमा सेलिब्रिटी उपस्थित थिए । समारोहमा २३ सय जना पाहुनालाई बोलाइएको थियो, जहाँ मुख्य आकर्षणको रुपमा अमेरिकी गायिका केटी पेरी रहिन् ।

उनी मोनोक्रोम्याटिक लाभेन्डर पहिरनमा सजिएकी थिइन् । उनी राज्याभिषेकको भीडमा विश्व मिडियाको केन्द्रमा रहिन् । गायिका पेरीले आइतबार हुने राज्याभिषेक कन्सर्टमा सांगीतिक प्रस्तुति समेत दिने भएकी छन् ।

आज हुने यो कन्सर्टमा हलिउड अभिनेता टम क्रुज र बलिउड अभिनेत्री सोनम कपुरलगायत पनि सहभागी हुने जनाइएको छ । अभिनेता तथा हास्य कलाकार स्टिफेन फ्राई सबैभन्दा चाँडो पुग्ने प्रसिद्ध अनुहारमध्ये एक थिए ।

राजाकी असल साथी समेत रहेकी अभिनेत्री डेम एम्मा थम्पसन र उनका पति अभिनेता ग्रेग वाइज पनि समारोहमा पुगे । उनीहरुले अन्य पाहुनासँग कुराकानी गर्दै सिटमा बसेका थिए । जेम्स बन्ड फेम्ड अभिनेत्री जेम जुडी डेन्च, अष्ट्रेलियाली गायक निक केभ पनि समारोहमा उपस्थित थिए ।

सम्बन्धित खवर