दीपकसँग विप्लवको जिज्ञासा स् कलाकारले अहिलेको राजनीतिलाई कसरी लिएका छन् ? - Crazysaptahik.com

दीपकसँग विप्लवको जिज्ञासा स् कलाकारले अहिलेको राजनीतिलाई कसरी लिएका छन् ?

अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरीले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग भेटवार्ता गरेका छन् । विप्लवले बोलाएपछि अभिनेता गिरी नेकपाको कार्यालय बुद्धनगर पुगेका थिए ।

आधा घण्टा भएको भेटमा उनीहरुले राजनीति र फिल्मबारे गफगाफ गरे ।आफूहरुबीच पार्टीको सिद्धान्त र विचारभन्दा पनि अहिलेको समसामयिक राजनीतिबारे चर्चा भएको गिरीले बताए । ‘उहाँले कलाकारले अहिलेको राजनीतिलाई कसरी लिएका छन् र विद्यमान समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर बुझ्न खोज्नुभएको रहेछ,’ गिरीले भने ।

‘म पनि राजनीतिमा रुचि राख्ने व्यक्ति भएको र राजनीतिक प्रणाली र आचरण सुधार्नुपर्‍यो भनेर सुझाव दिएँ,’ गिरीले भने, ‘गफगाफका लागि बोलाएपछि म एक्लै गएको हुँ ।’ विप्लवले दीपकराज गिरीका फिल्महरु नियमित रुपमा हेर्ने गरेको बताउँदै फिल्म ‘वडा नम्बर ६’ को चर्चा समेत गरे ।

विप्लवसँगको भेटपछि तस्वीर सेयर गर्दै दीपकले गैरराजनीतिक भेटघाट र तर कुराकानीको केन्द्रबिन्दुमा देश भएको स्टाटस लेखेका छन् । अभिनेता गिरी समसामयिक राजनीतिमा चासो लिने कलाकारमध्ये पर्छन् ।

उनको पछिल्लो फिल्म ‘छक्कापञ्जा ४’ ले वर्तमान राजनीतिको प्रवृत्तिलाई कटाक्ष गरेको थियो भने ‘वडा नम्बर ६’ले राजनीतिको कारण कसरी परिवार र समाज विभाजित हुन्छन् भन्ने कथावस्तु पेश गरेको थियो ।

सम्बन्धित खवर