रिलिजको तीन दिनमा ‘ज्याकीः आई एम ट्वान्टी वान’ को क्लाइमेक्स परिवर्तन - Crazysaptahik.com

रिलिजको तीन दिनमा ‘ज्याकीः आई एम ट्वान्टी वान’ को क्लाइमेक्स परिवर्तन

गत बिहीबारदेखि सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ ले ३ दिनमा औसत व्यापार गरेको छ ।फिल्म हेर्ने कतिपय दर्शकले फिल्मको क्लाइमेक्स प्रति असन्तुष्टि जनाएका थिए ।

त्यसैले निर्माण पक्षले अहिले फिल्मको क्लाइमेक्स परिवर्तन गरेको छ । दर्शकको मागलाई ध्यानमा राखेर क्लाइमेक्समा परिवर्तन गरेको निर्देशक रेनशा वान्तवा राईले बताएकी छन् ।

क्लाइमेक्स परिवर्तन गरेर फिल्म हलमा लागेपछि दर्शकले धन्यवाद दिएको रेनशाको भनाइ छ । फिल्मको क्लाइमेक्स दर्शकको प्रतिक्रिया अनुसार भनाइएको उनको भनाई छ ।

नेपाली फिल्म क्षेत्रमै पहिलो पटक डान्स र पारिवारिक कथावस्तुमा मिसाएर यो फिल्म निर्माण भएको हो । फिल्ममा धिरज मगर र जसिता गुरुङको मुख्य भुमिका रहेको छ ।

सम्बन्धित खवर