‘मेरो जीवन घिनलाग्दो छ, अर्को जीवनमा नवाजुद्दीन बन्न चाहँदिनँ’ - Crazysaptahik.com

‘मेरो जीवन घिनलाग्दो छ, अर्को जीवनमा नवाजुद्दीन बन्न चाहँदिनँ’


नवाजुद्दीन सिद्दीकी छिट्टै फिल्म ‘जोगी रा सारा रा रा’मा देखिनेछन् । चलचित्र मे १२ मा ठूलो पर्दामा रिलिज हुँदैछ । यो पारिवारिक मनोरञ्जनात्मक कमेडी फिल्म हो । फिल्ममा नवाजुद्दीनसँगै नेहा शर्मा पनि देखिनेछिन् ।

हालै नवाजुद्दीन सिद्दीकीले दैनिक भास्करसँग आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनको बारेमा कुरा गरेका छन् । कुराकानीको क्रममा जब उनलाई आफ्नो जीवनमा बायोपिक बनाउन मन छ भनी सोधियो, उनले भने– मेरो जीवन निकै घिनलाग्दो छ, म अर्को जीवनमा नवाजुद्दीन सिद्दीकी बन्न चाहँदिनँ ।’

‘ममाथि कुनै फिल्म बन्ने नै छैन, मेरो जीवन निकै घृणित छ । धेरै नराम्रो छ । र मलाई लाग्दैन कि कसैले मेरो जीवनको बारेमा जान्न चाहन्छ। जब कसैले सोध्छ तिमी अर्को जन्ममा के बन्न चाहन्छौ, म भन्छु ‘नवाजुद्दीन सिद्दीकी चाहिँ बन्न चाहँदिनँ।’

नवाजुद्दीन पछिल्लो पटक फिल्म हिरोपन्तीमा देखिएका थिए । यस फिल्ममा उनले नकारात्मक भूमिका निर्वाह गरेका थिए । अब नवाजुद्दीन पारिवारिक कमेडी फिल्ममा देखिनेछन् ।

सम्बन्धित खवर