पोखरामा अर्पण थापा स्टारर ओटीटी सिरिज ‘ब्रह्माण्ड’को छायांकन सकियो - Crazysaptahik.com

पोखरामा अर्पण थापा स्टारर ओटीटी सिरिज ‘ब्रह्माण्ड’को छायांकन सकियो

कान्तिपुर फिल्म एकेडेमीको निर्माणमा पोखरामा छायांकन भइरहेको सिरिज ‘ब्रह्माण्ड’को पहिलो चरणको छायांकन सकिएको छ । छायांकन सुरु भएको २५ औं दिनमा पहिलो चरण सकिएको जनाइएको छ ।

कुल आठ एपिसोडको हुने यो सिरिजको लम्बाइ आठ घण्टा हुने जनाइएको छ ।सिरिजमा अर्पण थापा, सुनिल थापा, निशा अधिकारी, भोलाराज सापकोटा, माओत्से गुरुङ, राजन खतिवडा, सरिता गिरी, विशाल पहारी, सुरज विष्ट लगायतको अभिनय छ ।

सञ्जय ढुंगाना र सुप्रज्ञा शर्माले सिरिजबाट डेब्यु गर्दैछन् । रियाज नाटककारको लेखन तथा निर्देशन रहेको सिरिजलाई ‘लुट’ फेम्ड पुरुषोत्तम प्रधानले खिचेका छन् ।सिरिजलाई नेपाली, हिन्दी र अंग्रेजी भाषाको ओटीटीमा रिलिज गरिने भएको छ ।

पछिल्लो समय दर्शकको नेपालमा समेत ओटीटी प्लेटफर्मलाई लक्षित गर्दै सिरिजहरु निर्माण सुरु हुन थालेका छन् । पोखरास्थित टोपी अन्तिम दृश्य खिच्दै सिरिज ‘इन्डकल्याप’ भएको एकेडेमीका सीईओ प्रकाश पुरीद्वारा प्रेषित विवरणमा जनाइएको छ ।

यो सिरिजमा पछिल्लो समय चर्चामा रहेका नेपाली कलाकारहरु आबद्ध छन् । एकेडेमीले यसअघि फिचर फिल्म ‘म’ निर्माण गरेको थियो ।

सम्बन्धित खवर