हलिउड बक्स अफिसमा फ्लप भयो प्रियंका चोपडाको ‘लभ अगेन’ - Crazysaptahik.com

हलिउड बक्स अफिसमा फ्लप भयो प्रियंका चोपडाको ‘लभ अगेन’

अभिनेत्री प्रियंका चोपडा अहिले आफ्नो वेब सिरिज ‘सिटाडेल’ र हालै रिलिज भएको हलिउड फिल्म ‘लभ अगेन’लाई लिएर चर्चामा छिन् । उनी अभिनित उक्त हलिउड फिल्म पनि मे १२ मा भारतमा रिलिज हुँदैछ ।

तर यस फिल्मको बारेमा जुन खबर बाहिर आएको छ, त्यसले फ्यानलाई ठूलो झट्का लाग्न सक्छ ।वास्तवमा प्रियंकाको यो फिल्म अमेरिकी बक्स अफिसमा ध्वस्त साबित भएको छ ।

प्रियंकासहित साम ह्युगन र सेलिन डियोन स्टारर फिल्मले तीन दिनमा मात्रै (२.३८ मिलियन डलर) अर्थात् १८ करोड भारु मात्र कमाउन सफल भएको बताइएको छ ।प्रियंकाको उक्त फिल्म फ्लप हुनबाट जोगिन बक्स अफिसमा कडा संघर्ष गरिरहेको छ ।

मार्भल सिनेमेटिक युनिभर्सको फिल्म ‘गार्डियन्स अफ द ग्यालेक्सी भोल्युम ३’, एभिल डेड राइज र ‘आर यु देयर गड ? इट्स मी मार्गरेट’ले बक्स अफिस कब्जा गरिरहेको बेला प्रियंकाको यो फिल्मले दर्शकलाई आकर्षित गर्न चुनौती खेपिरहेको छ ।

फिल्म ‘लभ अगेन’ मुख्य नायिका मीरा रेको कथा हो, जसले कार दुर्घटनामा आफ्नो साथी गुमाएकी छन् । उनी आफ्नो सम्झनामा यति हराइन् कि उनले आफ्ना फियोन्सेलाई उनको नम्बर टेक्स्ट गर्न थाल्छिन्, जुन अब रोब (ह्युगन) नामक अर्को व्यक्तिलाई दिइएको छ ।

रोबीलाई मीराको सन्देश धेरै भावुक लाग्छ र डियोन उनीसँग जोडिन खोज्छिन् । फिल्ममा प्रियंका चोपडाका पति निक जोनसको पनि क्यामियो रोल रहेको छ । तर फिल्मको बजेट नौ मिलियन डलर रहेको हुँदा फिल्मले सजिलै लगानी उठाउन भने सक्नेछ ।

सन् २०२१ मा रिलिज भएको म्याट्रिक्स रिसर्जेन्सपछि प्रियंकाको रिलिज हुने यो पहिलो फिल्म हुनेछ । प्रियंकाले सन् २०१७ मा फिल्म ‘बेवाच’बाट हलिउडमा डेब्यु गरेकी थिइन् । प्रियंका चोपडाको ओटीटी रिलिज ‘सिटाडेल’ अहिले अमेजन प्राइममा स्ट्रिमिङ भइरहेको छ ।

तर ‘सिटाडेल’को निर्माण र प्रवर्द्धनमा ओटीटीले पानीजस्तै पैसा बगाएको छ । हालै मुम्बईमा प्रिमियर हुँदा प्रियंकाका साथमा रिचर्ड म्याडेन पनि स्टार कास्ट थिए ।

तर यो सिरिज अपेक्षाअनुरूप चल्न सकेन । तर यो सिरिजमा प्रियंका चोपडाको एक्सन सिक्वेन्सको पक्कै पनि प्रशंसा भइरहेको छ ।

सम्बन्धित खवर