१० श्रृंखलाको ‘महाभारत’ फिल्म बनाउने राजामौलीको योजना - Crazysaptahik.com

१० श्रृंखलाको ‘महाभारत’ फिल्म बनाउने राजामौलीको योजना

‘बाहुबली’ र ‘आरआरआर’जस्ता ब्लकबस्टर फिल्मका निर्देशक एसएस राजामौली लामो समयदेखि महाभारतको कथावस्तुमा फिल्म बनाउने सपना देखिरहेका छन् । केही वर्षयताका अन्तर्वार्तामा उनले यसलाई आफ्नो ड्रिम प्रोजेक्ट भएको बताउने गरेका छन् ।

अब सोच्नुहोस्, हिन्दू धर्मको मुख्य ग्रन्थ ‘महाभारत’मा उनले फिल्म बनाए भने के होला ? सायद इतिहास बन्नेछ । आफूले महाभारतको कथावस्तुमा फिल्म बनाउने योजनाअघि सारे फिल्मलाई न्याय दिने गरी १० श्रृंखलासम्म बनाउने उनले खुलासा गरे ।

पछिल्लो फिल्म ‘आरआरआर’को प्रवद्र्धनका क्रममा उनले आफ्नो मौलिक शैलीमा मौलिक महाभारतमा नयाँ ट्वीस्ट दिने र स्क्रिप्ट लेखेपछि मात्र अरु कुरा सोच्ने बताएका थिए । हालैको एक कार्यक्रममा राजामौलीले महाभारत बनाउने आफ्नो सपनाको बारेमा फेरि एकपटक कुरा गरे ।

उनले अहिले देशमा महाभारतका सबै संस्करण पढ्न एक वर्ष लाग्ने बताए । राजामौलीले भने, ‘यदि मैले महाभारत बनाउने कुरा गर्छु भने भारतमा यसको सबै संस्करण पढ्न मलाई एक वर्ष लाग्छ । हाल म केवल १० भागको फिल्म हुनेछ भनेर अनुमान गर्न सक्छु ।

राजामौली लामो समयदेखि २६६ एपिसोडको टिभी शो ‘महाभारत’लाई फिल्ममा परिणत गर्ने सपना देख्दै आएका थिए ।

सम्बन्धित खवर