गजल - Crazysaptahik.com

गजल

भूमिप्रसाद पाठक
मदिराको मात मीठो प्यूँन जान्यो भने
जिन्दगीको साथ मीठो ज्यूँन जान्यो भने

रङ्ग ढङ्ग फरक होला कपडा हो एकै
लगाई राखूँ जस्तो लाग्छ स्यूँन जान्यो. भने

दिलको रीत दिलकै गीत भाका भाषा एकै
ताल सुर आफैँ मिल्छ ट्यून जान्यो भने

मुटु साट्ने खेल्न निकै गाह्रो हृुन्छ
शिल्प आफैँ ह्वात्तै बढ्छ न्यूँन जान्यो भने

सम्बन्धित खवर