भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही रिहाई - Crazysaptahik.com

भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही रिहाई

क्रेजी साप्ताहिक । भष्टाचार बिरुद्धमा अभिब्यक्ति दिएर चर्चामा आचएका अभियान्ता ज्ञानेन्द्र शाही आज रिहाई भएका छन् । पत्रकारलाई गालीगलौज गरेको आरोपमा उनि पक्राउ परेका थिए । बन्दी प्रत्यक्षिकरणको मुद्दा अन्तरगत सर्बाेच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएको हो । न्यायधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुयालको संयुक्त इजलासले आज रिहा गर्न आदेश दिएका थिए । भ्रष्टाचार विरोधी अभियन्तालाई पत्रकारको अपमान गरेको , गाली गरेको र उनीहरुको इज्जतमा खलल पु¥याएको आरोपमा प्रक्राउ गरिएको थियो । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत गएको वैशाख १८ गते ‘कर्णाली प्रदेशका सबै पत्रकारहरु चोर, कुकुर हुन्’ भन्दै अभिव्यक्ति दिएका थिए ।

उनको त्यस्तो अभिव्यक्तिपछि शाहीलाई कानूनबमोजिम कारवाही गर्न नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्षद्वय दुर्गा थापा र गणेश कञ्चन भारतीले जिल्ला प्रहरी कार्यालयमार्फत काठमाडौँस्थित महानगरीय प्रहरी परिसरमा लिखित जाहेरी गरेका थिए । सोही बमोजिम शाही विरुद्ध विद्युतीय अपराधअन्तर्गत मुद्दा दर्ता भई अदालतबाट पक्राउ आदेश जारी भएपछि शाहीलाई प्रक्राउ गरिएको थियो । उनलाई प्रक्राउ गरेसंगै प्रहरीले चरम यातना दिएको भन्दै बिवाद र बिरोध प्रर्दशन भएको थियो तर प्रहरीले भने शाहीलाई हिरासतमा नै नलिएको र यातना पनि नदिएको दाबी गरेको थियो ।

यता राष्ट्रिय मानवअधिकार आयोगले पनि शाहीमाथि प्रहरीले कुटपिट गरेर घाइते बनाएको निष्कर्ष निकालेको थियो ।आयोगको प्रारम्भिक अनुगमनका क्रममा प्रहरीको कुटाइबाट शाहीको खुट्टामा चोट लागेको र उनलाई पक्राउ बिनापूर्जी गरेको पाइएको थियो । शाहीको प्रक्राउ र यातना दिएको बिषयमा पनि उनका समर्थकहरुले बिरोध प्रर्दशनगरेका थिए भने प्रहरी संगठन आलोचनामा पनि आएको थियो ।

सम्बन्धित खवर