चलचित्र ‘सानो मन’ को ट्रेलर सार्वजानिक (भिडियो) - Crazysaptahik.com

चलचित्र ‘सानो मन’ को ट्रेलर सार्वजानिक (भिडियो)


सुयोग गुरुङद्वारा निर्देशित नेपाली कथानक चलचत्रि ‘सानो मन’को ट्रेलर सार्वजानिक गरिएको छ । असार २० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘सानो मन’मा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको प्रेममा आउने उचार चढावलाई देखाइएको छ ।

चलचित्रको ट्रेलरबाट लभस्टोरी फिल्म रुचाउने दर्शकका लागि ‘सानो मन’ उपयुक्त छनोट हुनसक्ने विश्वास गर्न सकिन्छ । कमर्शियल शैलीको मेकिङ, कलाकारको प्रस्तुती, ब्याकराउन्ड म्यूजिक, एडिटिङ, सट साइज र साउन्ड डिजाइनका हिसाबबाट हेर्दा फिल्मको ट्रेलर उत्कृष्ट बनेको छ । ट्रेलरले फिल्मप्रति दर्शकमा कौतुहलता जगाउने देखिन्छ ।

गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि यसमा अभिनय छ । ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा फिल्म बनेको हो । सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको भिएफएक्स नगेश कँडेलले गरेका छन् । समिर सुनवार र निर्देशक गुरुङले मिलेर लेखेको फिल्मलाई आलोक शुक्लाले खिचेका हुन् ।

काठमाडौं, भैरहवालगायतका ठाउँहरुमा छायांकन भएको यस फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक रहेको ‘सानो मन’ म्युजिकल लभस्टोरी जनरामा निर्माण भएको निर्देशक गुरुङले बताए । फिल्मलाई लिएर आयुष्मान र शिल्पा निकै उत्साहित छन् ।

भिडियो :

https://www.youtube.com/watch?v=NGRDtlixyfI

सम्बन्धित खवर