चलचित्र ‘प्रेम गीत ३’ आगामी चैत्रमा रिलिज हुने - Crazysaptahik.com

चलचित्र ‘प्रेम गीत ३’ आगामी चैत्रमा रिलिज हुने

नेपाली कथानक चलचित्र ‘प्रेम गीत ३’ गतबर्ष अर्थात २०७६ को प्रतिक्षित फिल्म मध्येको एक हो ।

गत चैत्र २८ मा सार्वजनिक प्रदर्शनको तरखरमा रहेको यो फिल्म कोरोनाको त्रासमा नेपाल सरकारले गरेको लकडाउनका कारण सो मितिमा रिलिज हुन भने सकेन ।

अब यो फिल्म १० महिनापछि अर्थात यसै वर्षको अन्तिम महिना चैत्रमा रिलिज हुने भएको छ । निर्माता निर्देशक सन्तोष सेनले ‘प्रेम गीत ३’ आगामी चैत्रमा रिलिज गर्ने सोच रहेको बताए । ‘फिल्मको एक महिना जतिको पोष्टप्रोडक्सन काम छ । अब केही दिनमा काम सुरु हुन्छ गर्छाै’ सेनले भने, ‘फिल्म रिलिज अगामी चैत्रमा गर्ने योजना छ ।’

कोरोनाको कहर सामान्य भएर आगामी दशंैसम्म फिल्म रिलिज हुने बातावरण बन्ने अनुमान गरेका सेनले थपे– ‘फिल्मको रिलिज दशैंमा पनि गर्न सक्थे । लगानी धेरै भएकोले हतार नगरि रिलिज गर्ने योजनाले चैत्र रोजेको हो ।’

प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रम पुरी, लक्ष्मी वर्देवा लगायतको अभिनय रहेको फिल्ममा सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.