जोनी डीप निर्दोष ठहर, १५ मिलियन डलर क्षतिपूर्ति भराउन पूर्वपत्नीलाई अदालतको आदेश - Crazysaptahik.com

जोनी डीप निर्दोष ठहर, १५ मिलियन डलर क्षतिपूर्ति भराउन पूर्वपत्नीलाई अदालतको आदेश

पूर्वपत्नी तथा हलिउड अभिनेत्री एम्बर हर्डले लगाएको मानहानी तथा हिंसाको एक बहुचर्चित मुद्दामा अदालतले अभिनेता तथा पति जोनी डीपको पक्षमा फैसला सुनाएको छ । ६ सातादेखि लगातार चलिरहेको अदालती सुनुवाइलाई लिएर विश्वको ध्यान यो हाइप्रोफाइल मुद्दातर्फ केन्द्रित थियो ।

भर्जिनिया अदालतका न्यायाधीशहरूले अभिनेता डीपलाई १५ मिलियन डलरको क्षतिपूर्ति भर्नसमेत हर्डलाई आदेश दिएका छन् । आफू घरेलु हिंसाबाट पीडित भएको भन्दै अभिनेत्री हर्डले द वासिङ्टन पोस्ट अखबारमा एक विचार कोलम लेख्दै मुख्य तीन आरोपहरु डीपविरुद्ध लगाएकी थिइन् ।

घरमा आफूलाई शारीरिक र मानसिक यातना दिएको, सार्वजनिक ठाउँमा दुर्व्यवहार गरेकोजस्ता आरोप लगाउँदै एम्बरले अदालतमा उजुरी दायर गरेकी थिइन् । न्यूयोर्क टाइम्सका अनुसार न्यायाधीशको सात सदस्यीय बेन्चले यो मुद्दामा अभिनेता डीप निर्दोष रहेको ठहर गरेको हो ।

अदालती सुनुवाइमा डीपले पूर्वपत्नीले आफूविरुद्ध लगाएका सबै घरेलु हिंसाका आरोपलाई अस्वीकार गरेका थिए । अदालतको फैसला लगत्तै डीपले विज्ञप्ति जारी गर्दै न्यायाधीश र शुभचिन्तकलाई धन्यवाद दिएका छन् । ‘अदालतको फैसलाले मेरो जीवन फर्किएको छ’ उनले लेखेका छन् ।

अदालतको फैसलापछि भने अभिनेत्री हर्डले आफू शब्दविहीन र स्तब्ध भएको बताएकी छन् । ‘म दुःखी छु कि मेरा पर्याप्त प्रमाणहरु मेरो पूर्वपतिको असमान शक्ति, प्रभाव र त्यसको सामना गर्न पर्याप्त थिएन’ हर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । डीप र हर्ड दुवै हलिउड स्टारहरू हुन् । यी दुवैका फिल्मले नेपाली बक्सअफिसमा समेत राम्रो कमाइ गरेका छन् ।

 

सम्बन्धित खवर