सृष्टि श्रेष्ठको ‘राधा’ भदौ १० मा, खगेन्द्रको ‘पानीफोटो’ साउन १३ मा रिलिज हुने - Crazysaptahik.com

सृष्टि श्रेष्ठको ‘राधा’ भदौ १० मा, खगेन्द्रको ‘पानीफोटो’ साउन १३ मा रिलिज हुने

सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘द सिक्रेट्स अफ राधा’को प्रदर्शन मिति अगाडि सारिएको छ । पूर्वनिर्धारित मिति भदौ २४ गतेभन्दा झण्डै दुई साताअघि नै फिल्म रिलिज हुने भएको छ । फिल्मले मंगलबार नयाँ पोस्टर सार्वजनिक गर्दै भदौ १० गतेलाई नयाँ रिलिज मितिको रुपमा तय गरेको छ ।

फिल्मको पोस्टरमा सृष्टिले काखमा बच्चा लिएको देख्न सकिन्छ । सुवर्ण थापा निर्देशित फिल्ममा पूर्वमिस नेपाल समेत रहेकी अभिनेत्री श्रेष्ठले एकल आमाको भूमिकामा अभिनय गरेकी छन् । थापा र सौगात मल्लले मिलेर फिल्म निर्माण गरेका हुन् ।

फिल्म श्यामश्वेत भए पनि पोस्टर चाहिं रंगीन सार्वजनिक गरिएको छ । फिल्ममा सौगातसहित खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्यदेव पन्त, पुष्कर गुरुङ, लोकेन्द्र लेखक लगायतको अभिनय छ ।

भदौ १० मै दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’ पनि रिलिज हुँदैछ । यो मितिमा खगेन्द्र अभिनित फिल्म ‘राधा’ पनि आउने भएपछि उनको अर्को फिल्म ‘पानीफोटो’ साउन १३ गते प्रदर्शन हुनेछ ।

सम्बन्धित खवर