मिस नेपालका २४ सुन्दरीले गरे वृक्षारोपण - Crazysaptahik.com

मिस नेपालका २४ सुन्दरीले गरे वृक्षारोपण

मिस नेपालका २४ जना प्रतिस्पर्धी सुन्दरीले बनेपास्थित डाबर नेपालको नर्सरी अवलोकन गरेका छन् । उनीहरुले त्यहाँ विश्वस्तरीय हरितगृह सुविधाको पनि निरीक्षण गरे । मिस नेपालको मुख्य प्रायोजक समेत रहेको डाबर नेपालको नर्सरीमा वृक्षारोपण पनि गरे ।

कम्पनीका बजार प्रमुख अभय गोर्खालीले यस्तो खालको ‘एक्सपोजर’बाट मिस नेपालका प्रतिस्पर्धीले वातावरण र समाजमा सकारात्मक योगदान पुयाउने बताए । मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरका प्रमुख दिवाकर राजकर्णिकारले वातावरण संरक्षण मिस नेपालको मुख्य अभिभारा रहेको भन्दै डाबर नेपालसँगको सहकार्यप्रति खुसी व्यक्त गरे ।

डाबरको उत्पादन डाबर वाटिका न्याचुरल स्याम्पु यस वर्ष मिस नेपालको टाइटल स्पोन्सर समेत हो । मिस नेपालको ग्रान्ड फिनाले असार ४ गते ललितपुरमा आयोजना हुँदैछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.