हलिउड ब्लकबस्टर ‘जोकर’को सिक्वेल घोषणा, निर्देशकले सार्वजनिक गरे शीर्षक - Crazysaptahik.com

हलिउड ब्लकबस्टर ‘जोकर’को सिक्वेल घोषणा, निर्देशकले सार्वजनिक गरे शीर्षक

नेपालमा समेत डेढ करोडभन्दा कमाइ गरेको हलिउड फिल्म ‘जोकर’को सिक्वेल निर्माण हुने भएको छ । निर्देशक टड फिलिप्सले इन्स्टाग्राममार्फत दोस्रो श्रृंखलाको शीर्षकसहित अन्य जानकारी सार्वजनिक गरेका छन् । दोस्रो सिक्वेलको टाइटल ‘जोकर : फोलाइ अ ड्युक्स’ राखिएको छ ।

यसलाई फिलिप्स र स्कट सिल्भरले मिलेर लेख्ने भएका छन् । पोस्टमा फिल्म स्टार ज्याकिन फिनिक्सले पटकथा पढ्दै गरेको देख्न सकिन्छ ।फिलिप्सको मौलिक ‘जोकर’ फिल्मले प्रतिष्ठित पात्र ब्याटम्यानको खलपात्रलाई कमेडी अभिनयमा संघर्षरत आर्थर फ्लेक नामक पात्रको एन्टी–हिरो चरित्रमा चित्रण गर्छ ।

उसले गोथाम सहरमा हिंसा हुनबाट जोगाउँछ । जोकरले विश्व बक्स अफिसमा एक बिलियन डलर कमाइ गरेको थियो । यो फिल्मले नेपालमा समेत राम्रो चर्चा बटुलेको थियो । साथै यो फिल्म उत्कृष्ट फिल्म, निर्देशक र एडप्टेड पटकथासहितको १२ विधामा ओस्कार अवार्डमा मनोनित भएको थियो ।

फिनिक्सले उत्कृष्ट अभिनेता र हिन्दुर गुवानडोटिरले उत्कृष्ट मौलिक ध्वनि विधामा ओस्कार जिते । जोकरले कमेडी विषयगत (सब्जेक्टिभ) हुनसक्छ भनेर बहस चलाएको थियो ।

सम्बन्धित खवर