जन्मदिनमा सोनमको बेबीबम्प फोटोसुट - Crazysaptahik.com

जन्मदिनमा सोनमको बेबीबम्प फोटोसुट

जुन दिन सोनम कपुरले आफू गर्भवती भएको घोषणा गरिन्, यस्तो लाग्छ त्यो दिनदेखि फेसनको कुनै नियम छैन । बिहीबारदेखि एक वर्ष उमेर थपेकी अभिनेत्रीसँग सेलिब्रेसनका कारण पनि छन् । उनी यतिबेला गर्भवती अवस्थाको महत्वपूर्ण चरणमा छिन् । उनी र पति आनन्द आहुजा आफ्नो पहिलो सन्तानको पर्खाइमा छन् ।

जन्मदिनको एक दिनअघि सोनमले बेबी बम्पको तस्वीर सार्वजनिक गर्दै आफ्नो ‘प्रेग्नेन्सी’ सौन्दर्यलाई सार्वजनिक गरेकी छन् । हात्तीको दाँतबाट बनेको साटनको पहिरनमा उनी देवीजस्तै देखिएकी छन् । जसमा मोतीका गहना पनि छन् ।

अबु जानी र सन्दीप खोल्साले डिजाइन गरेको यो पहिरनमा सोनम क्युट देखिएकी छन् । दुवै फेसन डिजाइनरले तस्वीर सेयर गर्दै मातृत्वको रुपमा सोनमको नयाँ यात्रालाई शुभकामना दिएका छन् ।

सम्बन्धित खवर