नयनताराले गरिन् प्रेमी विग्नेशसँग बिहे (तस्वीरसहित) - Crazysaptahik.com

नयनताराले गरिन् प्रेमी विग्नेशसँग बिहे (तस्वीरसहित)

दक्षिण भारतीय अभिनेत्री नयनतारा विवाह बन्धनमा बाँधिएकी छन् । उनले प्रेमी तथा निर्देशक विग्नेश शिवनसँग विवाह गरेकी हुन् । उनीहरुको विवाह तमिलनाडुको महाबलिपुरमस्थित एक लग्जरी होटलमा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विवाहमा बलिउड अभिनेता शाहरुख खान र बोनी कपुरका साथै साउथ सुपरस्टार रजनीकान्त, विजय सेतुपति, थलापति विजय लगायत सेलिब्रिटी उपस्थित थिए । विवाहको तस्वीर सामाजिक सञ्जालमा सेयर गरेपछि उनीहरुलाई प्रशंसक तथा शुभचिन्तकहरुले बधाई दिइरहेका छन् ।

दुलही पहिरनमा नयनतारा निकै खुलेकी छन् । नयनतारा र विग्नेश सात वर्षदेखि प्रेम सम्बन्धमा थिए । फिल्म ‘नानुन राउडीधन’को छायांकनका बेला यी दुई नजिक भएका थिए । विग्नेश उक्त फिल्मको निर्देशक थिए । नयनतारा बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म ‘जवान’मा काम गर्दैछिन् । यो फिल्मका अर्को वर्षको जुन २ मा रिलिज हुँदैछ ।

 

 

सम्बन्धित खवर