बर्थडे केक काट्दै राजेश हमालले भने– १८ वर्ष पुगेपछि उमेर गन्नै छाडिदिएँ ! - Crazysaptahik.com

बर्थडे केक काट्दै राजेश हमालले भने– १८ वर्ष पुगेपछि उमेर गन्नै छाडिदिएँ !

अभिनेता राजेश हमालले ५८ औं जन्मदिन विभिन्न कार्यक्रमसहित मनाएका छन् । जन्मदिन मनाउन विभिन्न संस्था, सेलिब्रिटी र ब्रान्डले बर्थडे समारोह आयोजना गरे । भक्तपुरमा आयोजित कार्यक्रममा उनले आफू अभिनित म्युजिक भिडियो ‘गुन्द्रुक तिउन’ सार्वजनिक गरे ।

उक्त अवसरमा हमालको बर्थडे केक काटियो । कार्यक्रममा टाँसिएको पोस्टरमा हमालको १८ औं जन्मदिन भनेर लेखिएको थियो । यसबारे तपाईको कतिऔं जन्मदिन भन्ने प्रश्नमा हमालले ठट्टा गर्दै भने, ‘म जब १८ वर्ष पुगेको थिएँ, त्यो समयदेखि उमेर गन्न छाडिदिएँ । त्यसैले १८ लेखिएको होला ।’

हमाल ब्रान्ड एम्बेसडर रहेको ब्रान्ड जिपले पनि केक काट्ने कार्यक्रम आयोजना ग¥यो । सेलिब्रिटी र फ्यानले पनि उनलाई भेट्दै जन्मदिनको शुभकामना दिए । २०० भन्दा बढी फिल्ममा अभिनय गरेका हमाललाई सामाजिक सञ्जालबाट पनि शुभकामना र बधाई प्राप्त भयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.