इन्दिरा र शरद्को मेहेन्दी उत्सव - Crazysaptahik.com

इन्दिरा र शरद्को मेहेन्दी उत्सव

गत वर्ष इन्गेजमेन्ट गरेका गायिका इन्दिरा जोशी र फेसन डिजाइनर शरद् केडियाको मेहेन्दी उत्सवको तस्वीर बाहिरिएको छ । तस्वीरमा शरद् र इन्दिरा आफन्तसँगै खुसी देखिएका छन् । सारीमा सजिएकी इन्दिराले हातमा मेहेन्दी लगाएकी छन् । यसअघि उनीहरुले आफूहरु चाँडै बिहे बन्धनमा बाँधिने बताउँदै आएका थिए ।

तीन वर्षदेखि सम्बन्धमा रहेको यो जोडीले गत वर्ष सगरमाथा क्षेत्रको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेको थियो । शरद्ले त्यहाँ इन्दिरालाई इन्गेजमेन्ट औंठी लगाइदिएका थिए भने इन्दिराले बिहेको प्रस्ताव स्वीकारेकी थिइन् ।

पारिवारिक स्रोतका अनुसार उनीहरुले काठमाडौंको एक होटलमा केही दिनमा विवाह गर्दैछन् । विवाह समारोहमा परिवारका सदस्य र सीमित व्यक्ति मात्रै उपस्थित हुने जनाइएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.