सन्तोषले ल्याए टेलिश्रृखंला ‘मालामाल’ - Crazysaptahik.com

सन्तोषले ल्याए टेलिश्रृखंला ‘मालामाल’

कमेडी विषयमा निर्माण भएको टेलिश्रृखंला ‘मालामाल’ अव दर्शकले हेर्न पाउने भएका छन् । निर्देशक सन्तोष खनालले श्रृखंला हरेक शुक्रबार राति ८ बजे ओएसआर डिजिटलबाट रिलिज हुन लागेको निर्देशक सन्तोषले जानकारी दिए । राजु भुजु, श्याम राई, सन्तोष खनाल, एलिस राई, कञ्चन खड्का, सुदर्शन आचार्य, निशा पाख्रीन तामाङ, ठाकुर गुरुङ, चन्द्र पाण्डे, तिलक कोइराला लगायत कलाकारको अभिनय रहेको सिरियलमा नेपालकै कान्छी स्ट्यान्ड कमेडियन सुयशा खनालको समेत अभिनय समेटिएको छ ।

सामाजिक तथा समसामयिक बिषय माथि ब्यङ्ग्य प्रहार गरिने श्रृंखलामा तिलक कोइराला र चन्द्र पाण्डेको लेखन रहेको छ । दिलीप विष्टको छायाँकन, विनय कार्कीको संगीत संयोजन रहेको सिरियल सन्दिप चौधरीले सम्पादन गरेका छन् ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.