स्वस्थ भएपछि गीत गाउँछु भन्दै रिह्याब सेन्टरमा फर्किए जी–बब - Crazysaptahik.com

स्वस्थ भएपछि गीत गाउँछु भन्दै रिह्याब सेन्टरमा फर्किए जी–बब

आफू र परिवारबीचको विवादबारे आयोजित पत्रकार सम्मेलनमा ¥यापर जी–बबले पारिवारिक अवरोधलाई नस्वीकार्ने बताएका छन् । परिवारबाट स्वतन्त्रता माग्दै आफूले प्रशासनमा निवेदन दिएको समेत उनले जनाए । आधा घण्टा लामो पत्रकार सम्मेलनपछि जी–बब पुनर्स्थापना केन्द्रमा फर्किएका छन् ।

उनी समर्पण समाज नामक पुनस्र्थापना केन्द्रका सदस्यसँगै त्यतसर्फ लागेका हुन् । आफूलाई अहिले पनि उपचारको खाँचो भएको भन्दै जी–बबले स्वस्थ भएर काममा फर्किने बताए । उक्त रिह्याबका सञ्चालक टासी लामाले जी–बबले आफूसँग सहयोग मागेको र उनलाई उपचारको जरुरी भएको बताए ।

टासीले भने, ‘ऊ मेन्टल्ली प्रिपेयर छैन । डिस्टर्ब छ । उसलाई केही समय दिनुस् । अहिले पनि मानसिक रुपमा कमजोर नै छ ।’ आफू पुनः रिह्याबमा बस्छु भनेर जी–बबले फोन गरेपछि बोलाएको लामाले पत्रकार सम्मेलनमा बताए । विवाद समाधान गर्न आफू, परिवार र एएनटीएफबीच छलफल गर्ने समेत जी–बबले बताए ।

पारिवारिक किचकिचले आफूले घर छाडेको भन्दै उनले तत्काल घर नजाने समेत बताए । पत्रकार सम्मेलनमा एएनटीएफका सदस्य हाकिम गुरुङले पनि जी–बब र परिवारबीचको विवादमा एएनटीएफ नरहेको बताए । विवाद समाधानमा सघाउन आफूहरु तयार रहेको गुरुङले बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.