‘चपली हाइट ३’ नेपालमा पुनः रिलिज हुँदै, अमेरिकामा जुलाई १० देखि - Crazysaptahik.com

‘चपली हाइट ३’ नेपालमा पुनः रिलिज हुँदै, अमेरिकामा जुलाई १० देखि

प्रदर्शन हुँदाहुँदै निषेधाज्ञा भएपछि रोकिएको फिल्म ‘चपली हाइट ३’ नेपालमा पुनः रिलिज हुने भएको छ । निर्माता अर्जुन कुमारले आगामी असारको मध्यतिर फिल्मको रि–रिलिज गर्ने जानकारी दिए । ‘लकडाउनले मेरो फिल्म चल्दाचल्दै रोकियो ।

मैले राम्रोसँग चलाउनै पाइनँ । रि–रिलिज गर्दै दर्शकमाझ फर्कन लागेको हुँ,’ निर्माता कुमारले  भने, ‘नहेरेका दर्शकलाई एउटा अवसर हुनेछ ।’ यसैबीच, फिल्मले अमेरिकाको प्रदर्शन मिति पनि तय गरेको छ ।

न्युयोर्कस्थित बम्बे थिएटरमा आगामी १० जुलाईमा फिल्म प्रदर्शन हुने भएको हो । रेभिल इभेन्ट्स इन्कर्पोरेसनले फिल्मलाई प्रदर्शन गर्न लागेको हो । निकेश खड्का निर्देशित फिल्ममा स्वस्तिमा खड्का, महेश त्रिपाठी, आमिर गौतम, सुपुष्पा भट्ट लगायतको अभिनय छ ।

सम्बन्धित खवर