बीटीएस ब्यान्डको घोषणाले विश्व संगीतमा तरंग, छिन्नभिन्न वा ब्रेक ? - Crazysaptahik.com

बीटीएस ब्यान्डको घोषणाले विश्व संगीतमा तरंग, छिन्नभिन्न वा ब्रेक ?

विश्वचर्चित दक्षिण कोरियाली ब्वाइ–ब्यान्ड बीटीएसले मंगलबार राति गरेको सरप्राइज घोषणापछि तरंग सिर्जना भएको छ । नयाँ एल्बम ‘प्रुफ’ रिलिज गरेको भोलिपल्टै बीटीएस सांगीतिक समूहका सदस्यले अब पहिचानको लागि अलग–अलग प्रोजेक्ट गर्ने खुलासा गरे ।

बीटीएसको यस्तो अनपेक्षित घोषणापछि विश्व पप संगीत जगतमा आइकन मानिएको दक्षिण कोरियाली ब्यान्ड छिन्नभिन्न हुने भन्दै शंका उब्जिएको छ । गएराति आयोजित फेस्टा डिनरको क्रममा बीटीएस सदस्यले अब सोलो प्रोजेक्ट गर्ने समय आएको बताएका थिए ।

‘अब हामी एक नयाँ अन्तरालमा प्रवेश गर्दैछौं,’ ब्यान्डका एक सदस्य सुगाले यसो भनेपछि जमघटमा एकाएक मौनता छाएको बिलबोर्ड म्यागजिनले उल्लेख गरेको छ । ‘हो अब हामीले लिने दिशाको बारेमा कुरा गर्नुपर्छ,’ सुगाले भने ।

सुगाको यस्तो अभिव्यक्तिपछि सन् २०१३ का गठन भएको ब्यान्डको भविष्यलाई लिएर अन्योल सिर्जना भएको छ । ‘बीटीएसको रुपमा यसरी भेला हुँदा हामी गर्व गर्छौं । यदि हामी बीटएस हुने थिएनौं भने कस्तो हुनेथियौं,’ ब्यान्डका अर्का सदस्य आरएमले भने, ‘मैले संगीत सुरु गरें र बीटीएस बने अनि विश्वलाई सन्देश सुनाएँ ।’

‘अब हामीले बदलिएको परिवर्तनलाई स्वीकार्नुपर्छ,’ उक्त डिनरमा आरएमले यति भनेपछि एकाएक गाम्भीर्य छायो । तर बीबीसी लगायतका केही मिडियाले भने बीटीएसले ब्रेक लिन लागेको बताएका छन् । ब्यान्डका अर्का सदस्य जिम्मी बीबीसीसँग भन्छन्, ‘हामीले आफ्नो पहिचान थाहा पाउन प्रयास गरिरहेका छौं, जुन थकाइलाग्दो र लामो प्रक्रियामा छ ।’ युट्युबमा अपलोड गरिएको भिडियो अनुसार यो छलफल झण्डै एक घण्टासम्म चलेको थियो ।

सम्बन्धित खवर